

-
५ मंसिर काठमाडौं । चालु आर्थिक वर्ष (आव)को पहिलो त्रैमासमा करिब १ खर्ब आन्तरिक ऋण परिचालन गरेको सरकारले दोस्रो त्रैमासमा भने ३१ अर्ब मात्रै आन्तरिक ऋण परिचालन गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले सार्वजनिक गरेको आन्तरिक ऋण बोलकबोल तालिका अनुसार दोस्रो त्रैमासमा ट्रेजरी बिल मार्फत १० अर्ब र विकास ऋणपत्र मार्फत २१ अर्ब आन्तरिक ऋण परिचालन हुनेछ ।
चालु आर्थिक वर्षमा सरकारले २ खर्ब ४० अर्ब आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य लिएको छ । प्रथम त्रैमासमा ९७ अर्ब ३१ करोड आन्तरिक ऋण बोलकबोल भइसकेको केन्द्रीय बैंकले जनाएको छ । खुला बजार सञ्चालन समितिको परिमार्जित बोलकबोल तालिका अनुसार तेस्रो त्रैमासमा ४७ अर्ब ६९ करोड र अन्तिम त्रैमासमा ६४ अर्ब आन्तरिक ऋण बोलकबोल गर्ने भएका छ ।
दोस्रो त्रैमासमा विकास ऋणपत्र मार्फत २१ अर्ब आन्तरिक ऋण परिचालन हुने भएको हो । जसमध्ये १९ मंसिरमा ६ वर्ष अवधिको ७ अर्बको विकास ऋणपत्र बोलकबोल हुने भएको छ । ५ पुसमा ५ वर्ष अवधिको ७ अर्बकै र २२ पुसमा ८ वर्ष अवधिको ७ अर्बकै विकास ऋणपत्र बोलकबोल हुनेछ ।
यस्तै १० अर्बको ट्रेजरी बिल मध्ये ४ मंसिरमा ३ अर्बको ९१ दिन अवधिको ट्रेजरी बिल बोलकबोल भइसकेको छ । २५ मंसिरमा १८२ दिन अवधिको ४ अर्बको र २३ पुसमा पनि १८२ दिन अवधिको ३ अर्बको ट्रेजरी बिल बोलकबोल हुने भएको हो ।
News Desk 0 response मङ्लबार, मंसिर ५, २०८०


सम्बन्धित शीर्षकहरु

व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई सञ्चित नाफामा गणना गर्नसक्ने
बुधबार, मंसिर १३, २०८०-
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
काेशी प्रदेशकाे बजेट सर्वसम्मत पारित
बुधबार, मंसिर १३, २०८० -
व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई..
बुधबार, मंसिर १३, २०८० -
१८७६ विन्दुमा झर्यो सेयर बजार, कारोबार रकम..
बुधबार, मंसिर १३, २०८० -
रास्वपाका सबै सांसद बने केन्द्रीय सदस्य
बुधबार, मंसिर १३, २०८०
-
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
काेशी प्रदेशकाे बजेट सर्वसम्मत पारित
बुधबार, मंसिर १३, २०८० -
व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई..
बुधबार, मंसिर १३, २०८० -
१८७६ विन्दुमा झर्यो सेयर बजार, कारोबार रकम..
बुधबार, मंसिर १३, २०८० -
रास्वपाका सबै सांसद बने केन्द्रीय सदस्य
बुधबार, मंसिर १३, २०८०
-
केपी ओली कप टी २० क्रिकेट प्रतियोगिता..
बिहिबार, मंसिर ७, २०८० -
सर्वोच्चमै सात न्यायाधीश रिक्त, साढे दुई वर्षदेखि..
मङ्लबार, मंसिर ५, २०८० -
७१ सहसचिवको सरुवा (सूचीसहित)
सोमवार, मंसिर ११, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : देउवा
सोमवार, मंसिर ११, २०८०