• ४ मंसिर, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. २७ मेघौलीको एक सामुदायिक वनमा पोथी बाघ मृत फेला परेको छ ।

    निकुञ्जका अनुसार हरियाली मध्यवर्ती सामुदायिक वनमा अन्दाजी सात वर्षको पोथी बाघ मृत अवस्थामा भेटिएको हो ।

    शरीरका विभिन्न ठाउँमा घाउ चोटहरु रहेको अवस्थामा मृत भेटिएको बाघ जुधेको हुन सक्ने अनुमान निकुञ्जले गरेको छ ।

    चालु आर्थिक वर्षमा मरेको यो पहिलो बाघ हो ।

    चितवन निकुञ्ज र यस आसपासका वन क्षेत्रमा १२८ बाघ रहेको पछिल्लो सर्वेक्षणले देखाएको छ । नेपालभर ३५५ बाघ छन् ।