

-
संयुक्त राष्ट्र सङ्घले गाजा क्षेत्रमा कुनै पनि राहतका सामग्री पुर्याउन नसकेको जनाएको छ । फोनसेवा नहुँदा कर्मचारीहरुसँग सम्पर्क गर्न र इन्धन अभावका कारण आज गाजामा कुनै पनि राहत सामग्री नलगेको राष्ट्रसङ्घले जनाएको हो ।
राष्ट्रसङ्घको राहत एजेन्सीले फोन र इन्धनको सेवा प्राप्त भएमा राहत वितरणलाई नियमित गर्ने बताएको बीबीसीले जनाएको छ । विश्व खाद्य कार्यक्रमले खाद्यान्न र पानीको चरम अभाव रहेको गाजामा तत्कालै भोकमरीको सम्भावना रहेको चेतावनी दिएको छ ।
यसैबीच इजरायली प्रतिरक्षा फौज (आईडीएफ) ले गाजामा रहेको अल सिफा अस्पताल परिसरमा रहेको हमासको सुरुङ पत्ता लगाएर आक्रमण गरेको दाबी गरेको छ ।
आईडीएफका अनुसार अल सिफा अस्पताल परिरसमा मात्रै नभइ अन्य अस्पतालमुनि पनि त्यस प्रकारको सुरुङ भेटिएको छ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमासले बन्धक बनाएकाहरुलाई अस्पताल परिसरभित्रै राखेको गोप्य सूचना प्राप्त भए पनि त्यहाँको सुरुङ पत्ता लाग्नुपूर्व नै बन्धकहरूलाई अन्त सारिसकिएको देखिएको बताएका छन् ।
इजरायली सुरक्षा फौजले हमासले बन्धक बनाएकामध्ये दुई जनाको शव भेटेको पनि बताएको छ । अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेर झण्डै १२ सय मानिस मार्नुको साथै २ सय ४० जनालाई बन्धक बनाएर लगेको थियो ।
News Desk 0 response शुक्रबार, मंसिर १, २०८०


सम्बन्धित शीर्षकहरु

व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई सञ्चित नाफामा गणना गर्नसक्ने
बुधबार, मंसिर १३, २०८०-
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
काेशी प्रदेशकाे बजेट सर्वसम्मत पारित
बुधबार, मंसिर १३, २०८० -
व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई..
बुधबार, मंसिर १३, २०८० -
१८७६ विन्दुमा झर्यो सेयर बजार, कारोबार रकम..
बुधबार, मंसिर १३, २०८० -
रास्वपाका सबै सांसद बने केन्द्रीय सदस्य
बुधबार, मंसिर १३, २०८०
-
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
काेशी प्रदेशकाे बजेट सर्वसम्मत पारित
बुधबार, मंसिर १३, २०८० -
व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई..
बुधबार, मंसिर १३, २०८० -
१८७६ विन्दुमा झर्यो सेयर बजार, कारोबार रकम..
बुधबार, मंसिर १३, २०८० -
रास्वपाका सबै सांसद बने केन्द्रीय सदस्य
बुधबार, मंसिर १३, २०८०
-
केपी ओली कप टी २० क्रिकेट प्रतियोगिता..
बिहिबार, मंसिर ७, २०८० -
सर्वोच्चमै सात न्यायाधीश रिक्त, साढे दुई वर्षदेखि..
मङ्लबार, मंसिर ५, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
७१ सहसचिवको सरुवा (सूचीसहित)
सोमवार, मंसिर ११, २०८० -
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : देउवा
सोमवार, मंसिर ११, २०८०