

-
२२ कात्तिक, काठमाडौं । पछिल्ला तीन दिन सेयर बजार लगातार बढेको छ । सोमबार २१, मंगलबार ११ अंक बढेको नेप्से बुधबार ५ अंक बढ्यो । ५.१७ अंक बढेर नेप्से १८६३ विन्दुमा कायम भएको छ ।
कारोबार रकम भने घटेको छ । मंगलबार ९९ करोडको सेयर किनबेच भएकोमा बुधबार ७८ करोड २७ लाखमा खुम्चियो । कुल १२४ कम्पनीको मूल्य बढ्दा ९३ को घट्यो भने २२ को स्थिर रह्यो ।
बैंकिङ ३, फाइनान्स ५, जलविद्युत् १२, जीवन बीमा ५०, उत्पादन ५७, माइक्रोफाइनान्स ८, अन्य १० र ब्यापार उपसमूह ५ अंक बढे । निर्जीवन बीमा २२, होटल तथा पर्यटन ३३ र विकास बैंक उपसमूह १३ अंक घटे ।
कसले धेरै कमाए, कसले गुमाए ?
ग्लोबल आईएमई लघुवित्त संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै मूल्य कमाएका छन् । सो कम्पनीको सेयर मूल्य एकैदिन ८ प्रतिशत बढ्यो । त्यस्तै पिपुल्स पावरको ७.४, एसबीआई बैंकको ७.३, भगवती हाइड्रोपावरको ६.७, माण्डु हाइड्रोपावरको ६.७ प्रतिशत बढ्यो ।
कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने सबैभन्दा धेरै मूल्य गुमाए । सो कम्पनीको मूल्य ६.३ प्रतिशत घट्यो । सामलिङ पावरको ५.५, इमर्जिङ नेपालको ४.८ तथा मिथिला लघुवित्तको मूल्य ३.८ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, हिमालयन बैंक संस्थापक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक संस्थापक, सानिमा जीआईसी र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहे ।
News Desk 0 response बुधबार, कार्तिक २२, २०८०

सम्बन्धित शीर्षकहरु
-
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३
-
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३


