

-
इन्डोनेसियाको राष्ट्रिय झण्डावाहक एअरलाइन्स गरुडा एअरले हवाई इन्धनमा पाम तेल मिसाएर सफलतापूर्वक उडान गरेको छ ।
इन्डानेसियाले पाम तेल मिसाएर सफलतापूर्वक यात्रुवाहक उडान गरेको यो पहिलो पटक भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । एक सय जनाभन्दा धेरै यात्रु बोकेर विमान बान्टेन प्रान्तको सोकरनो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै पाँच सय ५० किलोमिटर टाढाको आदि सोमारमो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
गरुडा इन्डोनेसिया एअरका अध्यक्ष निर्देशक इरफान सेतियापुत्रले हवाई इन्धनमा पाम तेल मिसाएर व्यावसायिक उडान गर्नु ठूलो सफलता भएको बताएका छन् । उनले खनिज तेलको आयात घटाउनका लागि यो गतिलो फड्को भएको पनि उल्लेख गरेका छन् ।
हवाई र पाम तेल मिसाएर वैकल्पिक जेट इन्धन इन्डोनेसियाको सरकारी स्वामित्वको ऊर्जा फर्म पीटी पेर्टामिनाले उत्पादन गरेको हो । इन्डोनेसियाले २०२१ मा विमानमा यस्तै प्रकारको इन्धन प्रयोग गरी पहिलो परीक्षण उडान गरेको थियो । इन्डोनेसिया विश्वकै सबैभन्दा ठूलो पाम तेल उत्पादक हो ।
News Desk 0 response आइतवार, कार्तिक १२, २०८०

सम्बन्धित शीर्षकहरु
-
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३
-
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३


