

-
बडादसैँको आगमनसँगैे ऐतिहासिक सहर नेपालगञ्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका चोक–चोकमा स्थापना गरिएका दुर्गा मूर्तिका प्रत्येक दिन बिहानैदेखि रातिसम्म गरिने पूजाआजा र भजनकीर्तनले दसैैँको उमङ्ग ल्याएको छ ।
News Desk 0 response बुधबार, कार्तिक १, २०८०नेपालगञ्जमा मूर्ति नभएको कुनै चोक र गल्ली छैन । एउटै टोलमा दुई–तीनवटा मूर्ति स्थापना गरिएको छ । दसैँको बेला दुर्गा भगवतीको मूर्ति सजाएर पूजा गर्ने प्रचलन बढेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्यले बताउनुभयो । उहाँका अनुसार दुर्गा मूर्तिमा घटस्थापनाका दिनदेखि राति अबेरसम्म जाग्राम बसेर देवी दुर्गा भगवतीको पूजा आराधना गर्ने गरिएको छ । दुर्गा मूर्ति स्थापना भएपछि मात्रै दसैँको उमङ्ग सुरु हुने गर्दछ । घटस्थापनाका दिन दुर्गा भगवतीको मूर्ति स्थापना गरेर सप्तमीमा मूर्तिको आँखाबाट पट्टी खोल्ने काम हुन्छ । महिषासुरलाई सप्तमीको दिन दुर्गा भवानीले मारेको हुनाले सो दिन मूर्तिको आँखा खोल्ने परम्परा छ । नेपालगञ्जमा दसैँको भोलिपल्ट एकादशीका दिन दुर्गा भवानीको मूर्तिलाई राप्ती नदीमा लगेर विसर्जन गरिन्छ । नेपालगञ्जसँगै नरैनापुर, डुडुवा, खजुरा, कोहलपुरका विभिन्न गाउँमा दुर्गापूजाको रौनकता छाएको छ । एकाबिहानदेखि अबेर रातसम्म भजनकीर्तन हुने गरेको छ । घटस्थापनाका दिन दुर्गा भवानीको मूर्ति स्थापना गरेदेखि यहाँका गल्ली, चोक, मन्दिर, चौराह भजनकीर्तनमय भएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताउनुभयो । उहाँका अनुसार, बाँकेका गल्ली, चोक, चौराह र मन्दिरमा चार सयको हाराहारीमा दुर्गामूर्ति स्थापना गरिएको अनुमान छ । दुर्गा मूर्तिमा बालबालिकादेखि वृद्धवृद्धासम्म पूजाआजा र भजनकीर्तनका लागि पुग्ने गरेका छन् । दुर्गा मूर्तिको स्थापनासँगै राति अबेरसम्म पनि नेपालगञ्जवासी बजारका चोक–चोकमा घुमिरहने रामलीला हेर्ने परम्परा जस्तै भएको उहाँको भनाइ छ । नेपालगञ्जका मुख्य सडक, चोक र गल्लीमा समेत दुर्गामूर्ति स्थापना गरी पूजापाठ भइरहेको छ । नेपालगञ्जका गल्ली–गल्लीमा स्थापना गरिएका मूर्तिको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु
-
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३
-
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३


