• काठमाडौं : बागलुङको गलकोट नगरपालिका वडा नम्बर ४ नुवाकोटको गोठमा आगलागी हुँदा राम बहादुर मल्लको मृत्यु भएको छ ।

    गएराति भएको आगलागीमा मल्लको गोठ जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगलागी भएको ठाउँमा पछि हेर्दा गोठधनी मल्लको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिए ।

    आगलागी हुँदा गोठ क्षति हुनुका साथै झण्डै चार लाख रुपैयाँ बराबरको क्षति भएको छ ।