काठमाडौं । सिन्धु कन्टेनर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३ औं वार्षिक साधारणसभामा व्यापारी र व्यवसायीको बारेमा चिन्ता व्यक्त गरिएको छ । मुलुकको आर्थिकमन्दी र व्यवसायीहरुको समस्याका बारेमा सरकार अझै कृयाशिल हुनुपर्ने वक्ताहरुले बताए । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष बेदवहादुर श्रेष्ठले व्यापारी समस्या बढ्दै जानुले मुलुकमा आर्थिक समस्या बढेको संकेत गरेको बताए ।
सहकारीका सल्लाहकार तथा भोटेकोशी गाउँपालिकाका निवर्तमान अध्यक्ष राजकुमार पौडेलले आर्थिक व्यवस्थापनको नयाँ आधार तयार गर्न आवश्यक रहेको बताए । चीनको नाकाको पूर्वजनप्रतिनिधि भएका कारण पनि तातोपानी नाकाको व्यवस्थापनमा लागेर बिगतझै व्यवसाय सञ्चालनको योजना अघि ल्याउन माग गरे । सहकारीप्रति जनमानसमा नकारात्मक धारणा रहेपनि यो सहकारीले बचतकर्ताको सम्मान गरेको कारण १५ प्रतिशत लाभांस बितरण गर्न सकेकोमा पौडेलले खुशी व्यक्त गरे । त्यसैगरी सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेतले सहकारीले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा अझै राम्रो काम गर्न सुझाव दिए । सहकारीका अध्यक्ष बच्चु पौडेलले सहकारीले निकट भविष्यमै भवन निर्माणका लागि जग्गा खरिद गर्न लागेको जानकारी दिए ।
मोनार्क होम्स रेष्टो एण्ड बार नक्सालमा भएको कार्यक्रममा नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठ,नेपाल उद्योग वाणिज्य संघका निबर्तमान केन्द्रीय सदस्य कमलकुमार श्रेष्ठले पनि व्यवसायीको हकहितका लागि केही नयाँ का गर्न आवश्यक रहेको बताए ।
१५ प्रतिशत लाभांस बितरण
संस्थाले आर्थिक वर्ष २०७९/०८० को शेयर लाभांश कोषबाट सदस्यहरुलाई १५ प्रतिशत नगद लाभांश प्रदान गरेको छ ।
समिक्षा आर्थिक वर्षमा सहकारीको चुक्ता शेयर पूँजी रु. ११ करोड ८९ लाख ८७ हजार ९ सय रहेको छ। यस वर्ष संस्थाको निक्षेप संकलन रु. १६ करोड ४७ लाख ७९ हजार १ सय २५ रुपैयाँ २८ पैसा रहेको छ जुन गतवर्षको तुलनामा ३५% को वृद्धि हो । कर्जा लगानी यस आ. व. मा ४३ करोड ७४ लाख ३१ हजार ४ सय ७ रहेको छ । संस्थाको जगेडा कोषको रकम ९ करोड ४८ लाख ६७ हजार ९ सय ९७ रुपैयाँ रहेको छ । समिक्षा आर्थिक वर्षमा संस्थाको खुद बचत रु. ४ करोड ८४ लाख ७६ हजार २ सय ३१ रहेकोे छ । सभाले आर्थिक वर्ष २०७९/८० को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा र सुपरीवेक्षण प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ ।