

-
इजरायली सेनाको निर्देशनपछि गाजाको उत्तरी क्षेत्रका बासिन्दा दक्षिणी गाजातर्फ जान थालेका छन् । इजरायली सेनाले गाजाको उत्तरी क्षेत्रमा स्थलगत आक्रमण गर्ने भन्दै त्यहाँका झन्डै ११ लाख मानिसलाई २४ घण्टाभित्र दक्षिणी गाजामा जान निर्देशन दिएपछि स्थानीयहरू घर छाडेर भाग्न थालका हुन् । उनीहरू बन्दोबस्तीका सामानसहित घर छाडेर हिँड्न थालेका छन् ।
इजरायलमा आक्रमण शुरु गरेको प्यालेस्टिनी विद्रोही समूह हमासले भने इजरायलले मनोवैज्ञानिक युद्ध शुरु गरेको भन्दै घर छाडेर नजान उत्तरी गाजाका बासिन्दालाई भनेको छ । तर इजरायलले हमासले सर्वसाधारणलाई ढाल बनाइरहेको भन्दै तत्कालै घर छाड्न भनेको हो । इजरायलले उत्तरी गाजाका बासिन्दालाई घर छाड्न निर्देशन दिएको कुरा संयुक्त राष्ट्रसङ्घलाई पनि जानकारी गराएको छ ।
संयुक्त राष्ट्र र विश्व स्वास्थ्य सङ्गठन दुवैले सम्भावित मानवीय प्रभावलाई उल्लेख गर्दै इजरायली सेनाको कदमको आलोचना गरेका छन् । संयुक्त राष्ट्रसङ्घले यति ठूलो सङ्ख्यामा मानिस २४ घण्टामा दक्षिण गाजा जान नसक्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।
हमासले गएको शनिबार इजरायलमाथि आक्रमण गरेको थियो । त्यसपछि हमास र इजरायली सेनाबीच युद्ध चर्किएको हो । हमासको आक्रमणमा इजरायलतर्फ एक हजार तीन सय जनाभन्दा धेरैको ज्यान गएको छ भने इजरायली सेनाको आक्रमणमा झन्डै एक हजार आठ सय जना प्यालेस्टिनी मारिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
News Desk 0 response शुक्रबार, अशोज २६, २०८०

सम्बन्धित शीर्षकहरु
-
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३
-
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३


