

-
काठमाण्डौ : चीनमा चलिरहेको एसियाली खेलकुदमा नेपालले रजत पदक जितेको छ । हान्झाउमा भइरहेको खेलमा कराँतेतर्फ नेपाली एरिका गुरुङले ६८ केजी तौल समूहको फाइनलमा प्रवेश गरेर रजत पदक जितेकी हुन् ।
एरिकाले हङकङकी यान काइ होलाई पराजित गरिन । स्वर्ण पदकको लागि भएको फाइनलमा भने एरिका कजाकस्तानकी खेलाडीसँग पराजित भइन । यसै प्रतियोगितामा नेपाली महिला कबड्डी टोली सेमिफाइनलमा पुगेर कास्य पदक जितिसकेको छ ।
आजसँगै नेपालले एसियाली खेलकुदको इतिहासमा तेस्रो पटक रजत जितेको छ । यसअघि १९९८ मा बैंककमा भएको १३औँ एसियाली खेलकुदमा तेक्वान्दोकी सविता राजभण्डारीले पहिलो पटक रजत दिलाएकी थिइन् ।
यस्तै पछिल्लो पटक २०१८ मा इन्डोनेसियामा भएको १८औँ एसियाली खेलकुदको प्याराग्लाइडिङ नेपाली टिमले रजत पदक जितेको थियो । कराँतेमा रजत जितेको भने यो पहिलो पटक हो ।
News Desk 0 response शनिबार, अशोज २०, २०८०

सम्बन्धित शीर्षकहरु
-
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३
-
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३


