

-

मौसममा खराब भएपछि बुधबार रामेछापबाट लुक्लाका लागि तय भएका सम्पूर्ण उडान अवरुद्ध भएका छन् । मूख्य पर्यटकीय सिजनमा लुक्लातर्फ जाने हवाई यात्रुहरु रामेछाप विमानस्थल आसपास बिहानैदेखि अलपत्र छन् ।
रामेछाप र लुक्ला दुवैतर्फ मौसम नखुल्दा बुधबार बिहानबाट अपरान्हसम्म कुनै उडान हुन सकेका छैनन् । लुक्लातर्फको मौसम खराब भएकाले बुधबार हेलिकप्टरको उडान समेत हुनसकेको छैन । लुक्लाको मौसम बिग्रिएका बेला पर्यटकहरु हेलिकप्टरमार्फत लुक्ला वा नजिकैको सुर्केसम्म जाने गरेका थिए ।
रामेछाप नागरिक उडड्यन कार्यालयका प्रमुख अशोक थापाका अनुसार निजी हवाई कम्पनीका जहाज बिहानैदेखि रामेछाप विमानस्थलमा पार्किङमै छन् । तारा, सिता र समिट एयरले बुधबारका लागि लुक्लामा ३० उडान गर्ने तालिका बनाएका थिए । त्यसका लागि तारा, सीता र समिट एयरले २/२ वटा जहाज मंगलबार बेलुकादेखि रामेछाप विमानस्थलमा तयारी अवस्थामा राखेका थिए ।
रामेछापबाट लुक्ला उडान नभएपछि लुक्लाबाट काठमाडौंतर्फको उडान पनि हुनसकेको छैन । नेपाल नागरिक उडड्यन प्राधिकरणले सगरमाथातर्फ जाने मुख्य पर्यटकीय सिजनमा काठमाडौंबाट लुक्लाको उडान रामेछाप विमानस्थलबाट गर्ने गरी वायुसेवा कम्पनीलाई निर्देशन दिएपछि यस महिनाको सुरुदेखि नै रामेछाप–लुक्ला उडान हुन थालेको हो । रामेछापबाट काठमाडौंका लागि भने उडान तालिका छैन ।
News Desk 0 response बुधबार, अशोज १७, २०८०

सम्बन्धित शीर्षकहरु
-
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३
-
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३


