• लुम्बिनीमा अवस्थित मायादेवी मन्दिर जीर्णोद्धार तथा विस्तारका लागि अहिलेसम्मकै फरक खालको निर्णय भएको छ । नयाँ उपाध्यक्ष नियुक्त हुनेबित्तिक्कै नयाँ खाले निर्णय आएको हो । सचिवालयको बैठकमा लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा ल्हारक्याल लामाले ७ करोड रुपैयाँ व्यक्तिगत रुपमा उपलब्ध गराउने निणर््ाय गरेका छन् ।

    बौद्ध धर्म दर्शनका प्रवर्तकसमेत रहेका डा लामाले नेपाल सरकारको आर्थिक सहयोगविना र दाताहरुको सहयोगमा मायादेवी मन्दिर जीर्णोद्धारको प्रस्ताव राखेका थिए ।

    उपाध्यक्ष लामाको प्रस्तावबमोजिम कोषको बैठकले सो प्रस्ताव अर्को बैठकमा पेश गरी स्वीकृत भएपछि मायादेवी मन्दिर जीर्णोद्धार कोष खडा गर्ने र त्यसमा उपाध्यक्षबाट ७ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय भएको हो ।

    हाल मायादेवी मन्दिर जीर्ण भएकाले पानी चुहिने अवस्था छ । कुनै पनि बेला मन्दिर भत्किन सक्ने जोखिममा रहेकाले कोष खडा गरेर यसको जीर्णोद्धार गरिने उपाध्यक्ष लामाले बताए । यसमा सरकारको पैसा लिइने छैन ।