

-
काठमाडौं । फिफा महिला विश्व कप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेल शुरु हुँदैछन् । क्वाटरफाइनलमा स्पेन र नेदरल्यान्ड्स, जापान र स्वीडेन, अष्ट्रेलिया र फ्रान्स तथा इङ्ल्यान्ड र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ ।
आज स्पेन र नेदरल्यान्ड्स तथा जापान र स्वीडेन खेल्दैछन् । स्पेन र नेदरल्यान्ड्सबीचको खेल अहिले बिहान पौने ७ बजे हुँदैछ । त्यस्तै, जापान र स्वीडेनबीचको खेल दिउँसो सवा एक बजे शुरु हुनेछ ।
भोलि अष्ट्रेलिया र फ्रान्स तथा इङ्ल्यान्ड र कोलम्बिया खेल्नेछन् । ४ पटकको च्याम्पियन अमेरिका, दुई पटकको च्याम्पियन जर्मनी, ओलम्पिकमा स्वर्ण पदक विजेता क्यानडा र छैटौँ पटक विश्व कप खेलिरहेको ब्राजिल क्वाटरफाइनलमा नपुग्दै बाहिरिए । जापान सन् २०११ को च्याम्पियन हो । यो संस्करणमा जापान क्वाटरफाइनलमा पुग्ने एक मात्र एसियाली टोली हो ।
यस्तै, स्पेन र कोलम्बियाले पहिलो पटक विश्व कपको अन्तिम–८ मा स्थान बनाएका छन् । जुलाई २० तारिखदेखि शुरु भएको महिला विश्व कपमा ३२ टोली सहभागी थिए । फाइनल खेल अगस्ट २० तारिखमा हुनेछ ।
News Desk 0 response शुक्रबार, साउन २६, २०८०

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


