• काठमाडौं : केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले संसद सचिवालयलाई सांसद सुनील शर्मा पक्राउसम्बन्धी जानकारी गराउन लागेको छ ।  सीआईबीका एसपी नवराज अधिकारी शर्मालाई पक्राउ गरिएको बारे जानकारी समेटिएको पत्र बोकेर संसद सचिवालय  सिंहबार पुगेका हुन् ।

    सांसद पक्राउ गर्दा संसद सचिवालयलाई जानकारी दिनुपर्ने व्यवस्थाअनुसार सीआईबीले जानकारी गराउन लागेको हो।   प्रमाणपत्र कीर्ते अभियोगमा सीआईबीको टोलीले सांसद शर्मालाई बिहीबार टोखाबाट पक्राउ गरेको हो ।कांग्रेस नेता तथा सांसद समेत रहेका उनीसहित सो अभियोगमा तीन जनालाई पक्राउ परेका छन् ।