

-
काठमाडौं : नौबिसे–नागढुङ्गा सुरुङमार्गको ‘रेस्क्यु टनेल’ अर्थात् आपत्कालीन सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको छ । दुई किलोमिटर पाँच सय ५७ मिटर लामो सुरुङ धादिङ र काठमाडौं दुवैतर्फबाट छिचोलिएको सडक विभागले जनाएको छ ।
सडक छिचोल्ने काम पूरा हुने बेलामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाईँ, सचिव केशवकुमार शर्मासहितको टोलीको उपस्थिति रहेको थियो । सुरुङ खन्ने काम सकिए पनि अरू काम बाँकी छ ।
मुख्य सुरुङ मार्ग पनि अबको चार महिनाभित्र छिचोलिने विभागले जनाएको छ । दुई किलोमिटर छ सय ८८ मिटर लामो मुख्य सुरुङमार्ग अब पाँच सय २५ मिटर खन्न बाँकी छ । नयाँ समस्या नआएमा २०८१ सालको पुसमा सुरुङबाट गाडी चल्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले दाबी गरेको छ ।
अहिले काठमाडौंको चन्द्रागिरिमा रहेको टुटीपाखा र धादिङको धुनीबेसी नगरपालिकामा रहेको सिस्नेखोलामा निर्माणको काम भइरहेको छ । यो सुरुङको निर्माण २०७६ कात्तिक ४ गते शिलान्यास भएको थियो । नागढुंगा–नौबिसे सुरुङमार्गको निर्माण ठेक्का २२ अर्ब रुपैयाँमा जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले लिएको छ । आयोजनाले जग्गा अधिग्रहणबापत साढे पाँच अर्ब रूपैयाँ मुआब्जा वितरण गरेको थियो ।
सुरुङमार्ग बनेपछि नौबिसे–थानकोट सडकको झन्डै आठ किलोमिटर लम्बाइसँगै झन्डै ३० मिनेट यात्रा समय छोटिने अपेक्षा छ । धादिङको धुनिबेसी नगरपालिकाको सिस्ने खोलाबाट शुरु भएको सुरुङमार्ग काठमाण्डौको चन्द्रागिरि नगरपालिका बलम्बुमा निस्किने छ ।
News Desk 0 response सोमवार, साउन २२, २०८०

सम्बन्धित शीर्षकहरु
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३


