

-
रुकुम पश्चिम : आइतवार पहिरोमा परेर ज्यान गुमाएका रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ का दुई जनाको परिवारलाई राहत रकम उपलब्ध गराइएको छ ।
बाँफिकोट–७ को पोखरापानी भन्ने ठाउँमा घाँस काट्न जाँदा सुक्खा पहिरोमा परेर ज्यान गुमाएका मृतकका नजिकका हकदारलाई घरमै पुगेर जनही दुई लाख रुपैयाँका दरले राहत रकम दिइएको हो । पहिरोमा परेर स्थानीय ४२ वर्षीया धनमाया खत्री र ४८ वर्षीय कालीबहादुर खड्काको ज्यान गएको थियो ।
जिल्ला विपद् व्यवस्थापन समितिको बुधवार बसेको बैठकको निर्णयपछि बिहीवार पीडितको घरमै पुगेर राहत रकम हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार विपद् पीडित उद्धार तथा राहतसम्बन्धी मापदण्ड २०७७ बमोजिम पीडित परिवारलाई राहत उपलब्ध गराइएको हो ।
यसैबीच विपद् व्यवस्थापन समितिको बैठकले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० र विपद् व्यवस्थापनका लागि तर्जुमा गरिएको परिचालन योजना २०८० लाई अनुमोदनसमेत गरेको छ ।
News Desk 0 response शुक्रबार, साउन १९, २०८०

सम्बन्धित शीर्षकहरु
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३


