• काठमाडौं : फिफा महिला विश्वकप फुटबलमा २०२३ मा नाइजेरियाले अस्ट्रेलियालाई हराएको छ ।

    आज बिहीवार ब्रिस्वेनमा भएको खेलमा नाइजेरियाले अस्ट्रेलियालाई ३–२ गोलले हरायो । नाइजेरियाका लागि उचेना कानु, ओसिनाची ओहाले र असिसत ओशोआलाले १र१ गोल गरिन् । अस्ट्रेलियाका लागि इमिली भान एगमन्ड र अलान्ना केन्नेडीले १र१ गोल गरिन् । एक गोलले पछि परेको नाइजेरियाले उत्कृष्ट पुनरागमन गर्दै अस्ट्रेलियालाई ३–२ गोलले हराएको हो ।

    यो जितसँगै नाइजेरिया २ खेलमा ४ अङ्कका साथ समूह ुबीु को शीर्ष स्थानमा छ । आयोजक अस्ट्रेलिया उति नै खेलमा ३ अङ्कसहित तेस्रो स्थानमा छ ।

    आजै भएको समूह ‘ई’ को खेलमा पोर्चुगलले भियतनामलाई २–० गोलले हराएको छ । यस्तै समूह‘ई’ कै अर्को खेलमा अमेरिका र नेदरल्यान्ड्सले १–१ गोलको बराबरी खेलेका छन् ।

    आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।