• काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भारतीय महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रीत कौरलाई आचारसंहिता उल्लङ्घन गरेको विषयमा २ वटा अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाएको छ ।

    बङ्गलादेशसँगको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा भारतीय कप्तान कौरले आचारसंहिता उल्लङ्घन गरेकी थिइन् । उनले तेस्रो एकदिवसीय खेलमा आउट भएपछि अम्पायरको निर्णयमा आपत्ति जनाउँदै विकेटमा ब्याटले हानेकी थिइन् । साथै उनले अम्पायरको आलोचनासमेत गरेकी थिइन् ।

    अम्पायरको निर्णयमा असहमति देखाएकोमा आईसीसीले हरमनप्रीत कौरलाई ‘म्याच फी’ को ५० प्रतिशत जरिबाना गर्दै ३ डिमेरिट अङ्क दिएको थियो ।