

-
काठमाडौं : जिल्ला प्रहरी परिसर काठमाडौंले अनौठो तरिकाले ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । नक्कली सरकारी कार्यालय खोलेर, नक्कली कर्मचारी बनेर ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।
कृषि मन्त्रालयअन्तर्गतको ‘खाद्य सुरक्षा कार्यक्रम’ को नक्कली कार्यालय खोलेर ठगेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकको मेलम्चीका घनश्याम कटुवाल र मकवानपुरको बाग्मती गाउँपालिकाका लीला भोलोनलाई पक्राउ गरेको हो । उनीहरूले काठमाडौंको नारायणस्थानमा दुई तले पक्की घर भाडामा लिएर नक्कली सरकारी कार्यालय खोली नक्कली शाखा अधिकृतदेखि उपसचिवसम्मको ‘नेमप्लेट’ राखेका थिए । ‘नेमप्लेट’ मा घनश्यामले उपसचिव जयराम केसी लेखेका थिए । उनीहरूले १५ लाख रुपैयाँभन्दा धेरै ठगी गरेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार उनीहरूले फर्निचर खरिदका लागि टेन्डर आह्वान गरेर एकपटक उधारोमा सामान लिइसकेको अनुसन्धानबाट थाहा भएको छ । कार्यालयमा ‘कर्मचारी भर्ना’ को आवरणमा पनि उनीहरूले ठगेको भेटिएको छ । यसै घटनामा बाँकी दुई जना भने फरार रहेका छन् ।
News Desk 0 response सोमवार, साउन ८, २०८०

सम्बन्धित शीर्षकहरु
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३


