

-
काठमाडौं : श्रीलङ्का ‘ए’ लाई हराउँदै पाकिस्तान ‘ए’ एसीसी इमर्जिङ टिम्स एसिया कपको फाइनलमा पुगेको छ । आज शुक्रवार कोलम्बोमा भएको पहिलो सेमिफाइनल खेलमा श्रीलङ्कालाई ६० रनले हराउँदै पाकिस्तान फाइनलमा पुगेको हो ।
पाकिस्तानले दिएको ३ सय २३ रनको लक्ष्य पछ्याएको श्रीलङ्का ४५ ओभर ४ बलमा २ सय ६२ रनमा अलआउट भयो । श्रीलङ्काका अभिष्का फर्नान्डो र शहन अर्चचिगेले समान ९७ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङतर्फ पाकिस्तानका अर्शद इक्बालले ५ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३ सय २२ रन बनायो । पाकिस्तानका ओभर युसुफले सर्वाधिक ८८ रन बनाए । यस्तै मोहम्मद ह्यारिसले ५२ र मुबासिर खानले ४२ रन बनाए । बलिङतर्फ श्रीलङ्काका लाहिरु समाराकून, प्रमोद मदुशन र चमिका करुनारत्नेले २–२ विकेट लिए ।
यसैबीच प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा अहिले भारत र बङ्गलादेशबीच खेल भइरहेको छ । पाकिस्तानले उपाधिका लागि यो खेलको विजेतासँग खेल्नेछ । फाइनल खेल पर्सि आइतवार हुनेछ ।
News Desk 0 response शुक्रबार, साउन ५, २०८०

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


