

-
काठमाडौं : काठमाडौं उपत्यकाको फोहर ढुवानीमा पुनः अवरोध भएको छ । आज बिहीवार बिहान स्थानीयले फोहरको दुर्गन्ध कम गर्ने औषधि छर्कर्ने र फोहरलाई माटोले पुर्ने काम गरेपछि फोहर बोकेका गाडी बञ्चरेडाँडा जान दिने बताएका थिए । स्थानीयको मागअनुसार काठमाडौं महानगरपालिकाले काम थाले पनि अहिले फेरि उनीहरूले पुराना माग पूरा नभएसम्म गाडी जान नदिने अडान लिएका छन् ।
शहरी विकास मन्त्रालयसँग हिजो बुधवार नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयवासीको छलफलमा मौखिक सहमति भए पनि स्थानीयको अवरोधकै कारण आज पनि फोहर बोकेका गाडी ल्यान्डफिल्ड साइट जान सकेका छैनन् । मन्त्रालयसँगको सहमतिअनुसार फोहर व्यवस्थापन भइरहेको सिसडोल र बञ्चरेडाँडामा दुर्गन्ध फैलिन नदिन फोहरलाई माटोले छोप्ने तथा औषधि छर्कने काम भइरहेको छ ।
फोहरको विषयलाई लिएर नुवाकोटको ककनी र धादिङको धुनीवेशीका स्थानीयले पटक–पटक आन्दोलन गर्दै आएका छन् । यसअघि पनि महानगरपालिका र शहरी विकास मन्त्रालयसँग दुर्गन्ध हटाई फोहर छोप्ने सहमति भएको थियो । तर त्यो कार्यान्वयन नभएको भन्दै स्थानीयले आन्दोलन गरिरहेका हुन् ।
News Desk 0 response बिहिबार, साउन ४, २०८०

सम्बन्धित शीर्षकहरु
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३


