

-
काठमाडौं : कर्मचारी अभावले माग अनुसार अष्ट्रेलियामा रहेका नेपालीहरूलाई राहदानी सेवा प्रदान गर्न समस्या भएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।
दैनिक दुई सय जनाले राहदानी नवीकरणको माग भए पनि दुई वटा कम्प्युटरमा दुई जना कर्मचारीले दैनिक ६० देखि ७० जनालाई मात्र सेवा दिन सकिएको अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाश राज पोखरेलले बताएका छन् ।
यसबाहेक राहदानी हराएर, म्याद सकिएर वा बिग्रिएर आउनेहरूका लागि दूतावासले तत्काल सेवा दिने गरेको छ ।
राहदानी नवीकरणको माग अत्यधिक भएपछि दूतावासमा उपलब्ध जनशक्तिले नभ्याउने भएपछि थप घुम्ती टोलीको समेत माग गरिएको राजदूत पोखरेलले बताए ।
विद्युतीय राहदानीको आवेदन अनलाइनबाटै दिने भए पनि बायोमेट्रिक र फोटो खिच्न कार्यालयमै उपस्थित हुन पर्छ ।
दूतावासका अनुसार दैनिक दूतावासमा दुई सयभन्दा बढी फोनहरू आउने गरेको छ । जसमध्ये कर्मचारीले दैनिक झण्डै ५० जना जतिको मात्र फोन उठाउन सकिएको र दैनिक आउने एक सय हाराहारी इमेल भने कर्मचारीले बिहान बेलुका अफिस बाहेकको समयमा जवाफ दिने गरेको राजदूत पोखरेलले बताउनुभएको छ ।
आफू अष्ट्रेलियाका लागि राजदूत भएर गएको एक वर्षमा गरेका कामहरूको स्मरण गर्दै उनले भने, ‘सन् २००७ मा अष्ट्रेलियामा नेपाली दूतावास खुल्दा नेपालीहरूको सङ्ख्या पाँच सात हजार थियो तर अहिले सन् २०२३ मा आइपुग्दा एक लाख २२ हजारभन्दा धेरै भएको छ तर दूतावासमा भने उही पाँच हजार नेपालीलाई सेवा दिने कर्मचारीहरूले ठूलो सङ्ख्यामा रहेका नेपालीलाई सेवा दिइरहेका छन् ।’ दूतावासमा अहिले राजदूतसहित चार जना कर्मचारी कार्यरत रहेका छन् ।
यही कर्मचारीले नै इमेल हेर्नेदेखि फोन उठाउने र राहदानीको काम पनि गर्ने भएकाले राहदानी सम्बन्धी सामान्य जानकारीका लागि दूतावासमा फोन नगर्न र दूतावासको वेबसाइटमा उपलब्ध सूचनाहरू राम्रोसँग पढ्न दूतावासले अनुरोध गरेको छ ।
यस्तै पछिल्लो समय अष्ट्रेलियामा नेपालीहरूको सङ्ख्या दिनहुँ बढिरहेको भन्दै दूतावासले दीर्घकालीन रूपमा नै कर्मचारी थप गर्न र बायोमेट्रिक लिनका लागि अष्ट्रेलिया र न्युजिल्याण्डका विभिन्न राज्यहरूबाट नै सेवा प्रदान गर्ने गरी सेवा विकेन्द्रित गर्न माग गरेको छ ।
गएको वर्ष अष्ट्रेलियामा रहेको नेपाली दूतावासबाट ९ हजार २३५ वटा राहदानीको प्रक्रिया भएको छ ।
News Desk 0 response बिहिबार, साउन ४, २०८०

सम्बन्धित शीर्षकहरु
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३


