

-
काठमाडौं : नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीवेशी नगरपालिकाका बासिन्दाले काठमाडौं महानगरपालिकाले यसअघि गरेको सहमति कार्यान्वयन नगर्दासम्म बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्न नदिने अडान लिएका छन् ।
एक वर्षअघि काठमाडौं महानगर र प्रभावित क्षेत्रका बासिन्दाबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले साउन १ गतेदेखि बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्न दिएका छैनन् । माग पूरा नहुँदासम्म अवरोध कायमै रहने ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले बताए । स्थानीय बासिन्दाको अवरोधकै कारण यसअघि पनि पटक–पटक काठमाण्डौ उपत्यकाको फोहर व्यवस्थापनमा समस्या हुँदै आएको थियो । यस पटक फेरि स्थानीयले अवरोध गर्दा काठमाडौंमा फोहर थुप्रिन थालेको छ ।
यसैबीच ल्यान्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयवासी र शहरी विकास मन्त्रालयबीचको बैठक विना निष्कर्ष सकिएको छ । ककनी गाउँपालिकाका अध्यक्ष, वडाध्यक्ष तथा स्थानीयवासी र शहरी विकासमन्त्री सीता गुरुङसहित बसेको बैठक विना निष्कर्ष सकिएको हो ।
बैठकपछि ल्यान्डफिल्ड साइट प्रमुख रविन्द्र बोहोराले सरोकारवाला र सरकारबीच भएको छलफल विना निष्कर्ष सकिएको बताए । ककनी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष धनराज बजगाईंले आईतवार काठमाडौं महानगरपालिकालगायत १७ वटा पालिकासँग छलफल गर्ने तयारी रहेकाले त्यसपछि मात्रै फोहरमैला व्यवस्थापन कसरी गर्ने भन्ने निष्कर्षमा पुग्ने बताउनु भयो ।
१५ वर्षदेखि सिसडोलमा व्यवस्थापन हुँदै आएको उपत्यकाको फोहर गएको वर्षको भदौ ७ गतेदेखि बञ्चरेडाँडामा व्यवस्थापन गर्न थालिएको हो । अहिले काठमाडौं उपत्यकाका १८ वटा पालिकाबाट दैनिक तीन सय गाडी फोहर बञ्चरेडाँडामा व्यवस्थापन गरिँदै आएको छ ।
News Desk 0 response बुधबार, साउन ३, २०८०

सम्बन्धित शीर्षकहरु
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३


