

-
काठमाडौं : एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको छ ।
नेपालले दिएको १ सय ६८ रनको सामान्य लक्ष्य भारत ुएु ले २२ ओभर १ बलमा १ विकेट गुमाएर भेटायो । भारतका अभिषेक शर्माले ८७, साई सुदर्शनले नटआउट ५८ रन बनाए । बलिङतर्फ नेपालका कप्तान रोहित पौडेलले १ विकेट लिए ।
श्रीलङ्काको आर प्रेमदासा रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३९ ओभर २ बलमा १ सय ६७ रनमा अलआउट भयो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक बनाए । रोहित ८५ बलमा ६५ रन बनाएर आउट भए । यस्तै गुलसन झाले ३८ रन बनाए । नेपालका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कुशल भुर्तेल शून्य, आसिफ शेख ७, देव खनाल १५, भीम सार्की ४ र कुशल मल्ल शून्य, सोमपाल कामी १४, पवन सर्राफ ६ र ललित राजवंशी ३ रनमा आउट भए । यस्तै किशोर महतो २ रनमा नटआउट रहे ।
नेपालले १० ओभरमा ३७ रन बनाउँदा ५ विकेट गुमाएको अवस्थामा रोहित र सोमपालले पारी सम्हालेका थिए । त्यसपछि छैटौँ विकेटका लागि रोहित र सोमपाल कामीले ५३ रनको साझेदारी गरेका थिए ।
बलिङतर्फ भारत ‘ए’ का निशान्त सिन्धुले ४, आरएस हङ्गरगेकरले ३ र हर्षित रानाले २ विकेट लिए ।
यो हारसँगै नेपाल एक खेलअघि नै समूह चरणबाट बाहिरिएको छ । समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको थियो । अब नेपालले अन्तिम खेलमा पर्सि बुधवार यूएई’ए’सँग खेल्नेछ । यूएई पनि समूह चरणबाटै बाहिरिइसकेको छ । यो समूहबाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् ।
समूह ‘ए’ मा ओमान, अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्काको ‘ए’ टोली रहेका छन् । यो समूहबाट ओमान बाहिरिइसके पनि सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लागिसकेको छैन । प्रतियोगितामा नेपालबाहेक सबै टिमले ‘ए’ टोली पठाएका छन् ।
प्रतियोगिताको फाइनल खेल साउन ७ गते आइतवार हुनेछ ।
News Desk 0 response सोमवार, साउन १, २०८०

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


