

-
काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सचिवको हाजिरीकिताबमा ‘रातो’ लगाइदिएका छन् । मन्त्री मोदीले गत शुक्रबार आफ्नै सचिव कृष्णहरि पुस्कर र सहसचिव स्किम श्रेष्ठको हाजिरीकिताबमा रातो लगाइदिएका हुन् ।
प्रशासनिक कामकारबाहीमा समयमा कार्यालयमा उपस्थित नहुने कर्मचारीलाई उसको सुपरिवेक्षकले हाजिरीकिताबमा रातो लगाइदिने प्रचलन छ । उक्त विषय भने मुख्यसचिवसम्म पुगेको छ ।
मन्त्रालयस्रोतका अनुसार, शुक्रबार मन्त्री मोदी र सचिव पुस्कर भेटघाट र छलफलपछि मन्त्रालयबाट निस्किएका हुन् । मन्त्री मोदी राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्न बानेश्वरतिर गए । सचिव पुस्कर भने मुख्यसचिव बैकुण्ठ अर्याललाई भेटन मुख्यसचिवको कार्यालयमा गए ।
‘मन्त्रीज्यूले समयमा नआएको र जानकारी नदिएको भनेर सचिव र सहसचिवको हाजिरीकिताबमा रातो लगाईदिएका हुन्’ सामान्य प्रशासन मन्त्रालय स्रोतले भन्यो । प्रधानमन्त्री कार्यालयका एक सहसचिवका अनुसार, मन्त्रालयमा नदेखेपछि मन्त्री मोदीले मुख्यसचिव अर्याललाई फोन समेत गरेका थिए ।
घटनालगत्तै सचिवहरुको बैठक बसेको थियो । त्यस बैठकमा सचिव पुस्करको हाजिरीकिताबमा रातो लगाएको विषयले प्रवेश पाएको थियो । त्यसक्रममा सचिवहरुको जिम्मेवारी अनि काम कर्तव्य र क्षेत्राधिकारका बारेमा छलफल चलेको एक सचिवले बताए । त्यही बैठकमा सचिव कृष्णबहादुर राउतको पक्राउबारे पनि छलफल भएको थियो ।
‘सचिवहरु शौचालय जाँदा समेत मन्त्रीलाई सोध्नुपर्ने परिस्थिति सृजना भएको भन्दै सचिवहरुले् गुनासो गरेका थिए । मुख्यसचिव बैकुण्ठ अर्यालले भने सचिवहरुको गुनासोलाई सम्बोधन गर्ने आश्वासन दिएका थिए ।
News Desk 0 response सोमवार, साउन १, २०८०

सम्बन्धित शीर्षकहरु
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३


