

-
काठमाडौं : मच्छिन्द्र फुटबल क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल २०७९ को उपविजेता बनेको छ ।
आज बुधवार दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्र क्लबले हिमालयन शेर्पा क्लबलाई ३–१ गोलले हराउँदै उपविजेता बनेको हो । मच्छिन्द्रका हाफिल ओलावालेले २ र विमल घर्तीमगरले १ गोल गरे । हिमालयनका लागि पिस्तोने मुताम्बाले गोल गरे ।
यो जितसँगै मच्छिन्द्रको ४२ अङ्क भएको छ । हिमालयन शेर्पा ३१ अङ्कसहित तालिकाको नवौँ स्थानमा छ ।
आजै च्यासल मैदानमा भएको खेलमा न्युरोड टिम (एनआरटी) ले मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोलले हराएको छ । एनआरटीका लागि दिपेश आलेमगरले गोल गरे । जितसँगै एनआरटी ३३ अङ्कका साथ छैटौँ स्थानमा उक्लिएको छ र रेलिगेशनमा नपर्ने पक्का भएको छ । ३२ अङ्क भएको मनाङ सातौँ स्थानमा छ ।
अहिले दशरथ रङ्गशालामा सङ्कटा क्लब र फ्रेन्ड्स क्लब खेलिरहेका छन् । सङ्कटा २४ खेलमा ३० अङ्क जोडेर दशौँ स्थानमा र फ्रेन्ड्स समान खेलमा २६ अङ्कका साथ पुछारमा छ । लिगको अन्तिम खेलअघि नै चर्च ब्वाइज युनाइटेडले उपाधि जितिसकेको छ ।
१४ टोली सहभागी ‘ए’ डिभिजन लिगको पुछारका दुई वटा टोली ुरेलिगेशन जोनु मा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् । खुमलटार, फेन्ड्स र थ्री स्टार क्लबलाई रेलिगेशनको डर छ ।
News Desk 0 response बुधबार, जेष्ठ २४, २०८०

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


