

-
काठमाडौं : जिम्बावेमा हुने विश्वकप छनोटका लागि नेपाली १६ सदस्यीय टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइवार किशोर महतो र अर्जुन साउदलाई समेत समेट्दै १६ सदस्यीय टोली घोषणा गरेको हो।
नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन आउद र किशोर महतो रहेका छन्। यसअघि प्रशिक्षणमा रहेका कमलसिंह ऐरी, अभिनास बोहोरा, देव खनाल, मौसम ढकाल, सूर्य तामाङ र सन्दीप जोरा बाहिरिएका छन्।
आईसीसी विश्वकप छनोटको पहिलो खेलमा नेपाल र जिम्बावे बिच प्रतिस्पर्धा हुने भएको छ। असार ३ गते (जुन १८)मा हरारे स्पोर्ट्स क्लबमा नेपाल र आयोजक राष्ट्र जिम्बावे भिड्नेछन्।
त्यसपछि असार ५ गते (जुन २०) मा नेपाल र अमेरिका भिड्नेछन्। असार ७ गते (जुन २२) मा नेपालले वेस्टइण्डिजसँग प्रतिस्पर्धा गर्दा असार ९ गते शनिवार (जुन २४) मा नेपाल र नेदरल्याण्ड्ससँग खेल्नेछ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आज जारी गरेको तालिका अनुसार नेपाल समूह ‘ए’ मा परेको छ। समूह ‘ए’ मा नेपालसँगै वेस्टइण्डिज, जिम्बावे, नेदरल्याण्ड्स र अमेरिका रहेका छन्। त्यस्तै समूह ‘बी’मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमन र यूएई रहेका छन्।
क्वालिफायर्समा दुबै समूहबाट तीन/तीन टोली सुपर सिक्समा पुग्नेछ्न्। त्यहाँबाट शीर्ष दुईमा रहने दुई टोलीले भारतमा हुने विश्वकप खेल्नेछ।
क्रिकेट विश्वकप लिग २ मा सानदार फिनिसिङ गर्दै विश्वकप छनोटमा स्थान बनाएको नेपालले पछिल्लो समय प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा समेत स्थान बनाएको थियो।
News Desk 0 response सोमवार, जेष्ठ १५, २०८०

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


