

-
काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई ५ रनले हराएको छ ।
गएराति लखनउमा भएको रोमान्चक खेलमा मुम्बईलाई हराएको लखनउले प्लेअफ सम्भावना बलियो बनाएको छ ।
जितका लागि १ सय ७८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।
मुम्बईका ईशान किशनले सर्वाधिक ५९ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । कप्तान रोहित शर्माले ३७ रन जोडे ।
मुम्बईलाई अन्तिम ६ बलमा जितका लागि ११ रन चाहिएको थियो । तर लखनउका मोहसिन खानले पाँच रन मात्रै दिएपछि लखनउ विजयी भयो ।
लखनउका रवि विश्रोई र यश ठाकुरले समान २र२ विकेट लिए । मोहसिन खानले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली लखनउले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो ।
लखनउका मार्कुस स्टोइनिस सर्वाधिक ८९ रनमा अविजित रहे । कप्तान क्रुनाल पान्ड्या ४९ रनमा ‘रिटायर्ड आउट’ भएका थिए ।
मुम्बईका जेसन बेहर्नडोर्फले २ विकेट लिए । पियुष चवालाले १ विकेट लिए । जितसँगै लखनउ १३ खेलमा १५ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।
समान १३ खेलमा मुम्बई १४ अङ्कका साथ चौथो स्थानमा छ ।
News Desk 0 response बुधबार, जेष्ठ ३, २०८०

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


