• काठमाडौं : शहीद स्मारक ए डिजिजन लिग फुटबलमा मच्छिन्द्र फुटबल क्लबले पुछारको एफसी खुमलटारलाई हराएको छ ।

    आज सोमवार एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा मच्छिन्द्रले खुमलटारलाई ३–० गोलले हरायो । मच्छिन्द्रका ओलावाले अफिजले दुई र आन्द्रेस नियाले एक गोल गरे ।

    जितसँगै मच्छिन्द्र ३० अङ्कका साथ तालिकाको तेस्रो स्थानमा यथावत् छ । खुमलटार १७ अङ्कसहित पुछारमा छ ।

    यस्तै दशरथ रङ्गशालामा भएको खेलमा सङ्कटा क्लब र हिमालयन शेर्पा क्लबले १–१ गोलको बराबरी खेलेका छन् । हिमालयन शेर्पाका म्यानुयोल नाना र सङ्कटाका आयुष घलानले गोल गरे ।

    हिमालयन शेर्पा २२ अङ्कसहित तालिकाको नवौँ र सङ्कटा २१ अङ्कसहित ११ औँ स्थानमा छ ।

    १४ टोली सहभागी लिगको पुछारका दुई वटा टोली रेलिगेशन जोनमा परेर ुबीु डिभिजनमा घटुवा हुनेछन् ।