

-
बार्सिलोना । स्पेनिस ला लिगा फुटबल प्रतियोगिताको उपाधि बार्सिलोनाले जितेको छ । स्पेनिस ‘पावर हाउस’ बार्सिलोनाले आइतबार राति भएको खेलमा एस्पान्योललाई ४—२ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।
जारी सिजनको ला लिगामा आफ्नो ४ खेल खेल्न बाँकी रहँदै बार्सिलोनाले उपाधि पक्का गरेको हो । बार्सिलोनाले सन् २०१८र१९ सिजनपछि जितेको यो पहिलो ला लिगा उपाधि हो । बार्सिलोनाले जितेको यो २७औँ ला लिगा उपाधि पनि हो । २७ पटक भने बार्सिलोनाले उपविजेतामै चित्त बुझाउनु परेको थियो ।
आफ्नै सहरको प्रतिद्वन्द्वी एस्पान्योलविरुद्ध बार्सिलोनाले पहिलो हाफमै ३ गोल गरेको थियो । छिटोभन्दा छिटो उपाधि पक्का गर्ने धुनमा रहेको बार्सिलोनाका लागि पोल्यान्डका ३४ वर्षीय स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीले २ गोलको योगदान गरे ।
खेल सुरु भएको ११औँ मिनेटमै लेवान्डोवस्कीले टोलीका लागि पहिलो गोल गरेका थिए । २०औं मिनेटमा १९ वर्षीय स्पेनिस खेलाडी एलेस्यान्ड्रो ब्लेडले टोलीको अग्रता दोब्बर बनाएका थिए । ४०औँ मिनेटमा लेवान्डोवस्कीले ब्यक्तिगत रुपमा दोस्रो गोल गर्दै बार्सिलोनालाई ३-० ले अगाडि बढाए । जारी सिजनको लिगमा लेवान्डोवस्कीले गरेको गोल सङ्ख्या २१ पुगेको छ ।
यसैगरी खेलको ५३औँ मिनेटमा जुल्स कोन्डेले बार्सिलोनाका लागि चौथो गोल थपे । एस्पान्योलले भने दुबै खेल खेलको अन्त्यतिर फर्काएको थियो । एस्पान्योलका लागि ७३औँ मिनेटमा जावी प्वाडोले पहिलो र इन्जुरी समयमा होजेलुले दोस्रो गोल फर्काए ।
हालसम्म ३४ खेल सकेको बार्सिलोनाको ८५ अङ्क छ । समान खेलबाट ७१ अङ्क बटुलेको रियल मड्रिड दोस्रो स्थानमा छ । बाँकी ४ वटै खेलमा रियल विजयी र बार्सिलोना पराजित भए पनि रियलले बार्साको अङ्क भेट्टाउन सक्दैन ।
आफ्ना स्टार खेलाडी लियोनल मेसी क्लब छाडेर पेरिस सेन्ट जर्मन ९पीएसजी०मा आबद्ध भएयता बार्सिलोनाले जितेको यो पहिलो ला लिगा उपाधि पनि हो । हारसँगै एस्पान्योल भने रेलिगेसनको खतरामा परेको छ । ३४ खेलबाट ३१ अंकसहित एस्पान्योल तालिकाको १९औँ स्थानमा छ ।
News Desk 0 response सोमवार, जेष्ठ १, २०८०

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


