• झण्डै तीस बर्ष निर्यातको क्षेत्रमा काम गर्दै आएको उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठ निर्यात प्रर्वद्धन समितिको सभापतिमा चयन भएका छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रेष्ठलाई निर्यात समितिको सभापतिको रुपमा प्रमाणपत्र प्रदान गरेका छन् ।

    श्रेष्ठ वस्तुगत तर्फबाट दुबै कार्यकाल अकर्षक मतसहित केन्द्रीय सदस्य बनेका थिए । श्रेष्ठ
    महासंघको ५४ औं र ५७ औं साधारणसभा तथा निर्वाचनमा वस्तुगत तर्फबाट सदस्यमा म्यान अफ दि इलेक्सन बनेका थिए । श्रेष्ठ यसअघि महासंघको निर्यात प्रर्वद्धन समितिमा सहसभापतिको रुपमा थिए ।

    नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघको अध्यक्ष समेत रहेका श्रेष्ठले ऊनी फेल्ट तथा नेपाली मौलिक वस्तुहरु निर्यात गरी विदेशी मुद्रा भित्र्याउँदै आएका छन् । नेपाल जर्मन चेम्बर अफ कमर्स र नेपाल निर्यात परिषद्को उपाध्यक्ष रहेका श्रेष्ठको हस्पिटालिटी, जलविद्युतलगायत एक दर्जन कम्पनीमा लगानी रहेको छ ।

    नेपाली वस्तुहरुको निर्यात प्रर्वद्धन तथा महासंघको छवि र प्रतिस्ठालाई अझ बढी सशक्त रुपमा अघि बढाउन सहयोग अध्यक्ष चन्द्रप्रसाद ढकालको बिश्वास छ । ले बताए ।