• काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले शीर्ष स्थानमा रहेको जावलाखेल युथ क्लबलाई हराएको छ ।

    आज बुधवार त्रिपरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा हिमालयन शेर्पाले जावलाखेललाई २–१ गोलले हरायो । हिमालयन शेर्पाका लागि पिस्टोन मुताम्बाले दुई गोल गरे । जावलाखेलका लागि एनकोटो मासोअबीले गोल गरे ।

    यो जितसँगै हिमालयन शेर्पा १२ खेलमा १३ अङ्कसहित तालिकाको १३ औँ स्थानमै छ । जावलाखेल १२ खेलमा २३ अङ्ककसहित शीर्ष स्थानमै छ ।