• काठमाडौं : इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई ३–१ गोलले हराएको छ । गएराति भएको खेलमा सिटीको जितमा एर्लिङ हालाण्डले दुई गोल गरे । जोन स्टोन्सले एक गोल गरे ।

    लेस्टर सिटीका केलिची इहानाचोले एक गोल फर्काए । जितसँगै सिटीले ३० खेलमा ७० अङ्क जोडेको छ । सिटी दोस्रो स्थानमा रहेको छ । लेस्टर २५ अङ्कसहित १९औँ स्थानमा छ । समान ३० खेलमा ७३ अङ्क रहेको आर्सनल शीर्षस्थानमा कायमै छ ।

    इङ्लिस प्रिमियर लिग फुटबलमा हिजो भएको खेलमा टोटनह्याम र चेल्सी पराजित भएका छन् । टोटनह्यामलाई बर्नमाउथले ३–२ गोलले हराएको हो । बर्नमाउथका माटियस भिना, डोमिनिक सोलान्के र डान्गो ओटाराले एकरएक गोल गरे ।

    टोटनह्यामका सन ह्युङ मिन र अर्नुट डान्जुमाले एकरएक गोल फर्काए । जितसँगै बर्नमाउथले ३१ खेलमा ३३ अङ्क जोडेको छ । बर्नमाउथ १४औँ स्थानमा छ । पाँचौँ स्थानको टोटनह्यामले ३१ खेलमा ५३ अङ्क जोडेको छ ।

    अर्को खेलमा चेल्सी पराजित भयो । चेल्सीलाई ब्राइटनले २–१ गोलले हराएको