• काठमाडौं : अर्बपति इलन मस्कको कम्पनी ‘स्पेस एक्स’ मा सउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्ताहरुले लगानी गर्ने तयारी थालेका छन् ।

    रोयटर्सका अनुसार मस्कको रकेट निर्माण गर्ने कम्पनीमा साउदीको ‘वाटर एन्ड इलेक्ट्रिसिटी होल्डिङ कम्पनी’ र युएईको ‘अल्फा धाबी’ ले लगानी गर्ने तयारी गरेका हुन् ।

    कम्पनीले ‘स्पेस एक्स’ को भ्याल्यूएसन १ खर्ब ४० अर्ब डलरको गरेका छन् । स्पेस एक्सले यसअघि सन् २०२२ मा २ अर्ब डलर र सन् २०२० मा २.६ अर्ब डलर फन्ड जुटाएको थियो ।