

-
काठमाडौं : साउदी अरबको तेल कम्पनी अरामकोले सन् २०२२ मा १६१.१ अर्ब डलरको कीर्तिमानी खुद नाफा आर्जन गरेको छ।
समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार उक्त नाफा अघिल्लो वर्षको तुलनामा ४६ प्रतिशतले बढी हो। यो कीर्तिमान नाफाको कारण तेलको उच्च मूल्य, उच्च बिक्री र प्रशोधित उत्पादनको मार्जिनमा भएको वृद्धि रहेको बताइएको छ।
गत फेब्रुअरीमा तेल व्यवसायी अन्य ठूला कम्पनीहरुले आफ्नो ब्यालेन्स सिट सार्वजनिक गरेका थिए। त्यति बेला पनि यही ट्रेन्ड देखिएको थियो।
यसमा गत वर्ष रेकर्ड नाफा घोषणा गर्ने ब्रिटिस पेट्रोलियम, एक्सन मोबिल र शेभरनजस्ता कम्पनी पर्छन्।
समाचार एजेन्सी एएफपीको रिपोर्टका अनुसार रुसले युक्रेनमा गरेको आक्रमणका कारण जसरी तेलको मूल्य बढेको छ त्यसबाट विश्वको सबैभन्दा ठूलो तेल निर्यात गर्ने कम्पनीलाई फाइदा भएको छ। अरामको एप्पलपछि विश्वको दोस्रो ठूलो कम्पनी मुख्यतया सरकारी स्वामित्वको कम्पनी हो।
साउदी स्टक एक्सचेन्जलाई दिएको जानकारीमा अरामकोले सन् २०२२ मा १६१.०७ अर्ब डलर कमाएको जनाएको छ। गत वर्ष कम्पनीले ११० अर्ब डलर नाफा आर्जन गरेको थियो।
चौथो त्रैमासिकका लागि अरामकोले पनि १९.५ अर्ब डलरको लाभांश घोषणा गरेको छ। जुन अघिल्लो त्रैमासिकको तुलनामा ४ प्रतिशत बढी हो। –एजेन्सीको सहयोगमा
News Desk 0 response आइतवार, फाल्गुन २८, २०७९

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


