

-
काठमाडौं : कोरोना महामारीपछि एसियाका दुई ठूला अर्थतन्त्रमा पूर्णतया विपरीत प्रवृत्ति देखिएको छ।
चीनको उत्पादन गतिविधि गत दशकमा सबैभन्दा तीव्र गतिमा बढ्दै गएको छ भने जापानले विगत २ वर्षमा उत्पादनमा सबैभन्दा छिटो संकुचन देखेको छ। कोरोना महामारीपछि औद्योगिक उत्पादनलाई ट्रयाकमा ल्याउने तीव्र प्रयास भइरहेको छ।
चीनको राष्ट्रिय तथ्यांक ब्युरोका अनुसार चीनको म्यान्युफ्याक्चरिङ पर्चेजिङ म्यानेजर इन्डेक्स ९पीएमआई० जनवरीमा ५०.१ बाट बढेर ५२.५ पुगेको छ। यो अप्रिल २०१२ पछिको सबैभन्दा छिटो वृद्धि हो। जब कि जापानमा निजी उत्पादन पीएमआई सूचकांक फेब्रुरुअरीमा ४७.७ मा रह्यो। यो जनवरीमा ४८.९ थियो।
जापानको अर्थतन्त्रमा गिरावटको दर सेप्टेम्बर २०२० यताकै उच्च हो। यो सूचकांकले अर्थतन्त्रको ट्रेन्ड दर्शाउँछ।
एएमआर्य एक स्केल हो जुन शून्यदेखि १०० बीचमा गणना गरिन्छ। यदि यो रिडिङ ५० माथि छ भने यसको अर्थ अर्थतन्त्र अघिल्लो महिनाको तुलनामा विस्तार भएको छ। कम भएमा अर्थतन्त्रको गति घटेको हो।
कोरोनाभाइरसका बेला कडा प्रतिबन्ध लगाएपछि चीनको प्रदर्शन अपेक्षाभन्दा राम्रो भएको छ। गत वर्षमात्रै विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा प्रतिबन्धहरू खुकुलो पारिएको थियो।
चीनका लागि सन् २०२२ आर्थिक वृद्धिदरको हिसाबले आधा शताब्दीयताकै सबैभन्दा खराब रह्यो। किनकि त्यहाँ लामो लकडाउन लगाइएको थियो।
News Desk 0 response बुधबार, फाल्गुन १७, २०७९

सम्बन्धित शीर्षकहरु
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३



