

-
काठमाडौं : च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको क्याटलान क्लब बार्सिलोना युरोपा लिगको नकआउट राउन्डको प्ले अफ (अन्तिम ३२) बाटै बाहिरिएको छ । बार्सिलोनालाई हराउँदै इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको राउन्ड अफ १६ मा प्रवेश गरेको छ ।
गए राति नकआउट चरणको प्ले अफको दोस्रो लेगमा बार्सिलोनालाई २–१ गोलले हराउँदै समग्रमा ४–३ को जितसहित युनाइटेड अन्तिम १६ मा प्रवेश गरेको हो । क्याम्पनाउमा भएको पहिलो लेगमा युनाइटेड र बार्सिलोनाले २–२ गोलको बराबरी खेलेका थिए । ओल्ड ट्राफोर्डमा भने युनाइटेडले १ गोलको अग्रता उल्टाएर जित निकाल्यो ।
खेलको १८ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४७ औँ मिनेटमा फ्रेडले गोल गर्दै युनाइटेडलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ७३ औँ मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडलाई २–१ को जित दिलाए ।
बार्सिलोना सन् १९९८/९९ को सिजनपछि पहिलो पटक युरोपियन प्रतियोगिताको अन्तिम १६ मा पुग्न नसकेको हो ।
News Desk 0 response शुक्रबार, फाल्गुन १२, २०७९

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


