

-
काठमाडौं : अडानी समूहका कम्पनीहरुको सेयरभाउमा लगातार गिरावट आइरहेको छ।
गत जनवरी २४ मा हिन्डनबर्ग रिसिचको रिपोर्ट आएपछि अडानी समूहका कम्पनीहरुको सेयरभाउमा गिरावट आइरहेको हो। यो रिपोर्ट आएको एक महिनाभन्दा कम अवधिमा अडानी समूहको मार्केट क्याप १२० अर्ब डलरले घटेको छ।
ब्लुमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार गौतम अडानीको नेटवर्थ १.१५ अर्ब डलरले घटेर ४९.१ अर्ब डलर झरेको छ। अडानी अहिले विश्वका धनीहरुको सूचीमा २५ औँ स्थानमा झरेको छ। यो वर्षको अहिलेसम्ममा उनको कुल सम्पत्ति ७१.५ अर्ब डलरले घटेको छ। गत वर्ष सेप्टेम्बरमा उनी धनाढ्यको सूचीमा दोस्रो नम्बरमा पुगेका थिए र उनको कुल सम्पत्ति १५० अर्ब डलर नजिक पुगेको थियो।
हाल फ्रान्सका व्यापारी बर्नार्ड अर्नाल्ट १९२ अर्ब डलरको सम्पत्तिका साथ विश्वका धनीहरुको सूचीमा पहिलो स्थानमा छन्। टेस्ला, स्पेसएक्स र ट्विटरका मालिक एलन मस्क १८७ अर्ब डलरको कुल सम्पत्तिका साथ सूचीमा दोस्रो स्थानमा छन्।
अमेजनका जेफ बेजोस (१२१ अर्ब डलर) तेस्रो र माइक्रोसफ्टका संस्थापक बिल गेट्स (११७ अर्ब डलर) चौथो नम्बरमा छन्।
कुनै समय गौतम अडानी विश्वका धनीहरुको सूचीमा दोस्रो नम्बरमा थिए। अमेरिकी रिसर्च फर्मको रिपोर्टपछि उनी पनि यस सूचीको शीर्ष २० बाट बाहिरिएका छन्। अडानी समूहको सेयर भने अझै घटिरहेको छ। अहिले उनी धनीहरुको सूचीमा २५ औँ नम्बरमा छन्।
गौतम अडानी धनीको सूचीमा लगातार तल झर्दैछन्। यो क्रम जारी रह्यो भने उनी २६ नम्बरमा पनि पुग्न सक्छन्।
हाल धनीसूचीको शीर्ष १० मा अनुभवी लगानीकर्ता वारेन बफेट (१०७ अर्ब डलर) पाँचौँ, ल्यारी एलिसन (१०२ अर्ब डलर) छैटौँ, स्टिभ बाल्मर (९२.१ अर्ब डलर) सातौँ, ल्यारी पेज (८८.६ अर्ब डलर) आठौँ, कार्लोस स्लिम (८४.९ अर्ब डलर) नवौँ र सर्गेई ब्रिन (८४.८ अर्ब डलर) दसौं नम्बरमा छन्।
रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी ८३.६ अर्ब डलरको कुल सम्पत्तिका साथ यस सूचीमा ११ नम्बरमा छन्।
अडानी समूह गत वर्ष सेप्टेम्बरमा मार्केट क्यापका आधारमा भारतको सबैभन्दा ठूलो समूह बनेको थियो। उनले रिलायन्स इन्डस्ट्रिज र टाटा समूहलाई पनि पछि पारेका थिए।
गत २४ जनवरीमा हिन्डनबर्गको रिपोर्ट बाहिर आएपछि सबै कुरा परिवर्तन भयो। प्रतिवेदनमा अडानी समूहले धेरै वर्षदेखि सेयरमा धाँधली गरेको आरोप लगाइएको छ। यद्यपि अडानी समूहले यी आरोपलाई अस्वीकार गर्दै आएको छ। तर, यसले अडानी समूहको सेयरमा ठूलो गिरावट आएको छ। –एजेन्सी
News Desk 0 response आइतवार, फाल्गुन ७, २०७९

सम्बन्धित शीर्षकहरु
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३



