

-
काठमाडौं : घरेलु टोली भारतले श्रीलंकासँगको पहिलो एकदिवसीय खेल ६७ रनले जितेको छ । गुवाहाटीमा भएको खेलमा भारतले दिएको ३ सय ७४ रनको लक्ष्य पछ्याएको पाहुना टोली श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ६ रन मात्र बनायो । कप्तान दासुन शनकाले शतक बनाए पनि टोलीलाई जिताउन सकेनन् । उनले १ सय ८ रन बनाए ।
भारतका उमरान मल्लिकले ३ तथा मोहम्मद सिराजले २ विकेट लिए । हार्दिक पाण्ड्या, मोहम्मद सामी र युजभेन्द्र चहलले समान एकरएक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ७३ रन बनाएको थियो । उसका विराट कोहलीले १ सय १३ रनको शतकीय पारी खेले ।
श्रीलंकाका कसुन रन्जिथाले ३ तथा दिल्शान मधुशंका, चमिका करुणरत्ने, दासुन शनका र धनन्जय डा शिल्भाले समान एकरएक विकेट लिए । जितसँगै भारतले तीन खेलको एकदिवसीय श्रृंखलामा १–० को अग्रता बनाएको छ ।
दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम एकदिवसीय खेल आइतबार हुनेछ ।
News Desk 0 response बुधबार, पुस २७, २०७९

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


