

-
काठमाडौं : अर्जेन्टिना फिफा विश्व कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
कतारको लुसेल रङ्गशालामा आज बिहान भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको हो । अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले २ र कप्तान लिओनल मेस्सीले १ गोल गरे ।
पहिलो हाफमै २–० को अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा एक गोल थप्दै जित पक्का गरेको हो ।
पहिलो हाफको ३४औँ मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गरे । लगत्तै ३९औँ मिनेटमा अर्जेन्टिनाका जुलियन अल्भारेजले काउन्टर अट्याक गोल गरे ।
दोस्रो हाफको ६९औँ मिनेटमा अल्भारेज गोल थप्न सफल भए । त्यसपछि अर्जेन्टिनाले ३–० को अग्रता लियो ।
अर्जेन्टिनाले सन् २०१८ मा रुसमा भएको विश्व कपको समूह चरणको खेलमा क्रोएसियासँग ब्यहोरेको ३–० गोलको हारको बदला पनि लिएको छ । योसहित अर्जेन्टिना विश्व कपमा छैटौँ पटक फाइनल पुग्यो ।
अर्जेन्टिना यसअघि सन् १९३०, १९७८, १९८६, १९९०, २०१४ फाइनलमा पुगेको थियो । उसले १९७८ र १९८६ मा गरी दुई पटक विश्व कप उपाधि जितेको छ ।
यो जितसँगै फाइनलमा पुगेको अर्जेन्टिनाले अब आज राति हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ । दोस्रो सेमिफाइनलमा आज राति पौने १ बजे फ्रान्स र मोरक्को खेल्दैछन् ।
News Desk 0 response बुधबार, मंसिर २८, २०७९

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


