

-
काठमाडौं : अर्जेन्टिना कतारमा भइरहेको फिफा विश्व कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहान अहमेद बिन अलि स्टेडियममा भएको खेलमा अस्ट्रेलियालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो ।
अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले एक–एक गोल गरे । अस्ट्रेलियाले एक गोल आत्मघाती उपहार पाएको थियो । अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ ।
मेस्सीले खेलको ३५औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए भने ५७औँ मिनेटमा जुलियान अल्भारेजको गोलपछि अग्रता दोब्बर भयो । खेलको ७७औँ मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै अस्ट्रेलियालाई खेलमा फर्काउने प्रयास गरे पनि पर्याप्त हुन सकेन । प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्ने अर्जेन्टिना दोस्रो टोली बनेको छ ।
यस अघि गएराति भएको खेलमा अमेरिकालाई ३–१ गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स पनि अन्तिम आठमा पुगेको छ ।
खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा भएको राउण्ड अफ १६ अन्तर्गतको पहिलो खेलमा नेदरल्यान्ड्सले जित निकालेको हो । नेदरल्यान्ड्सका लागि मेम्फिस डिपे, डेली ब्लाइन्ड र डेन्जेल डुमफ्रिएसले एक–एक गोल गरे। अमेरिकाका हाजी राइटले एक गोल फर्काए । जितसँगै नेदरल्यान्ड्स कतार विश्व कपको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ ।
अब क्वाटरफाइनलमा नेदरल्यान्ड्स र अर्जेन्टिना खेल्नेछन् ।
News Desk 0 response आइतवार, मंसिर १८, २०७९

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


