• अक्टोबर महिनामा भारतद्वारा हालसम्मकै सवैभन्दा बढी रुसी पेट्रोलियम पदार्थ आयात गरेको छ । अक्टोबर महिनामा भारतले साउदी अरब र इराकबाट भन्दा बढी पेट्रोलियम पदार्थ रूसबाट आयात गरेको कार्गो ट्र्याक गर्ने कम्पनी र्भोटेक्सले जनाएको छ।
    जी–७ मा संलग्न राष्ट्रहरुले रूसलाई आर्थिक रूपमा कमजोर पार्न त्यहाँबाट पेट्रोलियम पदार्थ आयात नगर्ने भएपछि भारतले त्यसको लाभ लिएको हो। भारत जी ७ मा समावेश छैन।
    विगतमा भारतमा आयात हुने पेट्रोलियम पदार्थ मध्ये ०.२ प्रतिशत मात्रै रूसबाट आयात हुन गर्थ्यो। अक्टोबर महिनामा भारतमा प्रतिदिन ९ लाख ३५ हजार ५५६ व्यारेल पेट्रोलियम पदार्थ आयात भएको हो ।

    हाल भारतले रूसबाट कुल आयातको २२ प्रतिशत पेट्रोलियम पदार्थ आयात गरेको छ भने इराकबाट २०.५ र साउदी अरेबियाबाट १६ प्रतिशत आयात गरेको छ। रूसबाट पेट्रोलिय पदार्थको आयात बढाएको भन्दै भारतको आलोचना समेत भइरहेको छ। विश्व बजारमा जहाँ सस्तो हुन्छ त्यहाँबाट सामान आयात गर्ने हक आफूलाई रहेको भन्दै भारतले खरिदको बचाउ गरिरहेको छ। –एजेन्सी