

-
काठमाडौं : नेकपा (एमाले) को सचिवालयको बैठक आज पनि बस्दैछ। समानुपातिक उम्मेदवारको सूची टुंगो लगाउन बैठक बस्न लागेको हो।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा शनिवार बसेको सचिवालयको बैठकमा मंसिर ४ गतेका लागि तोकिएको प्रदेश तथा प्रतिनिधि सभाको चुनावमा समानुपातिक तर्फका उम्मेदवारबारे छलफल भएको थियो। तर, छलफल निचोडमा पुग्न सकेको थिएन।
एमालेका उपाध्यक्ष सुवास नेम्वाङले आज ११ बजे फेरि बैठक बस्ने र सूची टुंगो लगाउने भएका छन्।
निर्वाचन आयोगले असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा दर्ता गर्ने समय तोकेको छ।
प्रमुख प्रतिपक्षी दल एमालेले उम्मेदवारबारे छलफल गरेको हो। एमालेको उम्मेदवार छान्ने मापदण्डमा यसअघि समानुपातिक सांसद भएका तथा स्थानीय तह निर्वाचनमा उम्मेदवार भएकालाई अबको चुनावमा उम्मेदवार नबनाउने उल्लेख छ।
प्रदेश तथा तल्ला कमिटीहरुबाट सिफारिस भएर आएका नामको अन्तिम टुंगो एमालेको सचिवालय बैठकले लगाउने छ। एमालले अध्यक्ष ओलीको नेतृत्वमा चुनाव परिचालन कमिटी गठन गरेको थियो भने ओलीकै संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति छ।
सत्ता गठबन्धनले पनि उम्मेदवारबारे टुंगो लगाउन नसकिरहेका बेला एमालेले पनि उम्मेदवारबारे निर्णय गर्न ढिलाइ गरिरहेको छ।
News Desk 0 response आइतवार, अशोज २, २०७९

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


