• काठमाडौं : नेपालमा चलिरहेको छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबलमा बङ्ग्लादेशले भारतलाई हराएको छ । नेपालमा चलिरहेको छैटौँ संस्करणको च्याम्पियनशिपमा बङ्ग्लादेशले भारतलाई तीन–शून्य गाेलले हराएकाे हाे । याेसँगै बङ्ग्लादेशले भारतलाई पहिलाे पटक हराएकाे छ ।

    दशरथ रङ्गशालामा भएको खेलमा भारतलाई तीन–शून्य गोलले हराउँदै बङ्ग्लादेश समूह विजेता बनेको हो । बङ्ग्लादेशका लागि मोसमात सिराज जाहान सोप्नाले दुई र कृष्णारानी सरकारले एक गोल गरे । भारत भने उपविजेता बनेको छ । योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ ।

    योसँगै बङ्ग्लादेशले साफ महिला च्याम्पियनशिपमा भारतलाई पहिलो पटक हराएको छ । यस्तै भारतले महिला साफ च्याम्पियनशिपको इतिहासमा पहिलो पटक हार बेहोरेको छ ।

    समूह ‘बी’ बाट नेपाल र भुटान सेमिफाइनलमा पुगिसकेका छन् । नेपालले अब फाइनल प्रवेशका लागि भारतसँग खेल्नेछ ।