

-
सिन्धुपाल्चोक : चाँडपर्व नजिकिएसँगै मेलम्चीमा खेल गतिविधि बढेको छ । कोरोना सङ्क्रमण तथा गत वर्षको बाढीले खेल गतिविधि ठप्प छ ।
सिन्धुपाल्चोकको मेलम्ची–७ दुवाचौरमा जिल्लास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । योङ स्टार युवा क्लब मेलम्ची–७ को आयोजनामा हुने उक्त प्रतियोगिता यहीँ असोज १३ देखि असोज १५ गतेसम्म दुवाचौर खेल मैदानमा हुने भएको छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद रु ७० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमश : ४० हजार, २० हजार र १० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुन प्रत्येक टिमलाई टिम दर्ता दस्तुर रु तीन हजार लाग्ने संयोजक जयबहादुर तामाङले जानकारी दिए । सिन्धुपाल्चोक जिल्लाभित्र भलिबल खेलाडी धेरै रहेकाले युवा खेलाडीको मनोबल बढाउन प्रतियोगिताको आयोजना गरिएको संयोजक तामाङले बताए ।
यता मेलम्ची–४ थकनीमा सेभेन ए साइड प्रथम फुटबल प्रतियोगिता हुने भएको छ । थकनी युथ क्लबको आयोजनामा असोज १२ देखि १६ सम्म ओख्रेनीचौर खेल मैदानमा खेल हुने आयोजकले जानकारी दिएको छ । प्रथमले रु ५० हजार दोस्रोले रु २५ हजार र मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने वडा सदस्य कमल लामाले बताए । खेल नकाउट चरणमा खेलाइने बताइएको छ । टिम दर्ता असोज ९ गतेसम्म गर्न सकिने छ ।
मेलम्ची–७ दुवाचौरमा नगरकप भलिबल असोज पहिलो साताबाट गरिने स्थानीय क्लबले जनाएको छ । चाँडवाडमा मात्र आयोजना हुने यस्ता खेलकुद प्रतियोगिता स्थानीय तहले विनियोजन गरेको बजेट सक्न मात्र काम हुने भएकाले खेल क्षेत्र र खेलाडीको भने विकाश नहुने खेलाडी मनोज तामाङले गुनासो गरे ।
News Desk 0 response मङ्लबार, भदौ २८, २०७९

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


