• काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केहिवेरमा बस्दै छ। बैठक बिहान ९ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो।

    आजको बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ । यसअघि बुधबार बसेको स्थायी समिति बैठकले पदाधिकारी र स्थायी समितिका सदस्य बिहीबार टुंग्याउने निर्णय गरेको थियो ।

    साथै बैठकमा आसन्न निर्वाचनको रणनीति, आजै प्रतिनिधिसभामा अघि बढ्न लागेको नागरिकता विधेयक र सत्ता गठबन्धन कार्यदलको बैठकमा सिट बाँडफाँडको विषयमा देखिएको समस्याका बारेमा पनि छलफल हुने बताइएको छ ।