

-
रामपुर : पाल्पामा भएको बस दुर्घटनामा मृतक छ जनाकै पहिचान खुलेको छ ।
बागलुङ बुर्तिवाङबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा घटनास्थलमै छ जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा गुल्मी चन्द्रकोट गाउँपालिका–८ मझुवा बस्ने १५ वर्षीय प्रवेश काफ्ले, वडा नं ७ बस्ने ४० वर्षीय लालबहादुर राना कुमाल, रुपन्देही देवदह नगरपालिका– ७ बस्ने ८७ वर्षीय डिलसरी कामी, कपिलवस्तु वाणगंगा नगरपालिका–२ बस्ने ४५ वर्षीय सुरज भन्ने यज्ञबहादुर सोमै, नवलपरासी बर्दघाट नगरपालिका–५ बस्ने २४ वर्षीय पूर्णिमा कामी, बाग्लुङ बडिगार्ड गाउँपालिका–१० बस्ने ५५ वर्षीय यमकली थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा १६ घाइते भएका छन् । घाइतेको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । बसमा २२ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । आइतबार साँभm करिब ५ बजे बस दुर्घटना भएको हो । बस सडकदेखि करिब ६० मिटर तल बस खसेको थियो । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।
सो सडकखण्डमा पटक–पटक सवारी साधन दुर्घटना हुने गरेको छ ।
News Desk 0 response सोमवार, साउन ९, २०७९

सम्बन्धित शीर्षकहरु
-
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३
-
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३



