

-
खलङ्गा : जुम्लाका आठवटै स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले निर्वाचन खर्च विवरण अझै बुझाएका छैनन् ।
स्थानीय तहका प्रमुख उपप्रमुखसहित अधिकांशले निर्वाचन खर्चको विवरण बुझाएका छैनन् । जिल्लाका ८६ उम्मेदवारले मात्रै अहिलेसम्म खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत महेश शर्माले जानकारी दिए ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले तोकेको कार्यालयसमक्ष विवरण बुझाउनुपर्ने व्यवस्था भए पनि उम्मेदवारले तोकिएको समयमा निर्वाचन खर्च विवरण बुझाएका छैनन् ।
जिल्लामा सात गाउँपालिका र एक नगरपालिकासहित ६० वडा छन् । जिल्लाको पातारासी गाउँपालिका प्रमुख पूर्णसिंह बोहोरा, उपप्रमुख जनमाया रोकाया, तिला गाउँपालिकाका प्रमुख मोतीलाल रोकाया, उपप्रमुख गोरीकला बुढा, सिञ्जा गाउँपालिका उपप्रमुख सितली रोकाया र गुठीचौर गाउँपालिका उपप्रमुख शान्त मल्ल भण्डारीले समेत निर्वाचन खर्च विवरण नबुझाएको निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
अहिलेसम्म हिमाका ३३, सिञ्जाका एक, तातोपानीका १३, चन्दननाथ नगरपालिकाका २१, गुठिचौरका एक र कनकासुन्दरी गाउँपालिकाका १७ उम्मेदवारले निर्वाचन खर्च विवरण पेस गरेका छन् ।
जिल्लाका विभिन्न स्थानीय तहमार्फत सबै उम्मेदवारलाई तोकिएको समयमा निर्वाचन खर्च विवरण बुझाउन ध्यानाकर्षण गराइए पनि अधिकांश निर्वाचित उम्मेदवारले खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
News Desk 0 response सोमवार, साउन ९, २०७९

सम्बन्धित शीर्षकहरु
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर
मङ्लबार, भदौ २, २०८३-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



