

-
काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अबदे नियमित प्रेस ब्रिफिङ हुने भएको छ । प्रधानमन्त्रीको प्रेस हेर्ने टिम र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अब हरेक हप्ताको शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने जानकारी दिएको छ ।
सरकार बनेपछि पहिलोपटक प्रधानमन्त्रीको प्रेस टिम र कार्यालयका प्रवक्तासहितको कर्मचारी टिमले शुक्रबार संयुक्त रूपमा पत्रकार सम्मेलन गरी अब हरेक साताको शुक्रबार १ बजे नियमित प्रेस ब्रिफिङ हुने समय तोकेको हो ।
प्रधानमन्त्री कार्यालयमा पत्रकारलाई गेटबाट प्रवेशमै रोक लगाइएको थियो । यही कारण प्रधानमन्त्रीको शासकीय शैली र प्रेसप्रतिको दृष्टिकोणलाई लिएर आलोचना समेत हुँदै आएको थियो । तर, सय दिनका उपलब्धि सार्वजनिकपश्चात सूचना प्रवाहमा प्रभावकारिताको खोजीमा लागेको वालेन्द्र शाह सरकारले सबै मन्त्रालयलाई नियमित प्रेस ब्रिफिङ गरी आफूले गरेको काम र प्रगति सार्वजनिक गर्न निर्देशन दिएको छ ।
परराष्ट्र मन्त्रालयले यसअघिदेखि नै नियमित प्रेस ब्रिफिङ सुरु गरिसकेको छ । अब प्रधानमन्त्रीको स्वकीय सचिवालयतर्फ दिपा दाहाल नेतृत्वको प्रेस टिम र कार्यालयका कर्मचारीतर्फ प्रवक्ता सहसचिव हेमराज अर्याल नेतृत्वको टिमले नियमित प्रेस ब्रिफिङ गर्न लागेको हो । घटना विशेषमा आवश्यक पर्दा आकस्मिक रूपमा पनि आमन्त्रण गर्ने प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दाहालले बताएकी छन् ।
News Desk 0 response शुक्रबार, साउन २९, २०८३

सम्बन्धित शीर्षकहरु
-
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३
-
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


