

-
ललितपुर : पाटन दरबार परिसरमा रहेको ज्वाला नरसिंह मन्दिर पुनःनिर्माणमा ढिलाइ भएको छ ।
विसं २०७२ मा गएको भूकम्पबाट उक्त मन्दिर क्षतिग्रस्त बनेको थियो । भूकम्प गएको आठ वर्षसम्म पनि सो मन्दिर पुनःनिर्माण हुनसकेको छैन ।
आवश्यक निर्माण सामग्रीको जोहो गर्न नसक्दा मन्दिर पुनःनिर्माण अझै अन्योलमै छ । पुनःनिर्माणमा १०० भन्दा बढी प्रकारका नयाँ इँटा चाहिने हुँदा त्यसको अभावमा मन्दिरको काम अघि बढ्न नसकेको मङ्गल टोल सुधार सङ्घका अध्यक्ष किरणमान प्रधानले बताए ।
उनले भने, “इँटाको आकार र प्रकार पुरानो शैलीअनुरुप नमिलेपछि काम अघि बढाउन ढिलाइ भइरहेको छ ।” समय घर्किँदै जाँदा मन्दिर जीर्ण बन्दै गएको उनको भनाइ छ ।
मन्दिर जीर्णोद्धारले मात्रै नपुग्ने अध्यक्ष प्रधान बताउछन् । सो मन्दिर मर्मत सुधार र संरक्षण गर्न ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले रु २० लाख उपलब्ध गराएको सङ्घका सचिव रवि दर्शनधारीले बताए । उनले भने, “पहिला मन्दिर जीर्णोद्धार गरेमात्रै पुग्छ भन्ने लागेको थियो, अब पुनःनिर्माण नै गर्नुपर्ने अवस्था छ ।”
मन्दिर पुनःनिर्माणमा प्राविधिक सहयोग काठमाडौँ भ्याली प्रिजर्भेशनको रहने इञ्जीनियर प्रणाम होराले जानकारी दिए । उनले भने, “शिखरशैलीमा रहेको यस मन्दिरको सबै बुर्जामुनिको काठ मक्किएको छ, सबैजसो इँटा फेर्नुपर्ने अवस्था छ ।” आवश्यक सामग्री तयार नभएसम्म मन्दिर पुनःनिर्माण गर्न नसकिने होरा बताउछन् । मन्दिर पुनःनिर्माणका लागि गत वर्ष पुस २९ गते क्षमापूजा गरिएको थियो ।
मन्दिर भत्काएपछि त्यहाँका सबै सामग्री पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयमा राख्ने तयारी छ । इँटाको नमूना झिकेर नयाँ बनाउन दिइएको छ । यसअघि उक्त मन्दिरमा १०८ थरिका इँटा प्रयोग गरिएको पाइएको छ । नरसिंह मन्दिरको महिमा हरेक वर्ष कात्तिक शुक्लपक्ष त्रयोदशीका दिन पाटन कृष्ण मन्दिर नजिकै रहेको ‘कात्तिक डबली’ मा मञ्चन गरी प्रदर्शनसमेत गर्ने गरिन्छ ।
लामो नाट्य महोत्सवका रूपमा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो ‘नृसिंह’ भगवान्मा आधारित नृत्यको थालनी गरेको बताइन्छ ।
News Desk 0 response बिहिबार, साउन ५, २०७९

सम्बन्धित शीर्षकहरु
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न..
शुक्रबार, भदौ १९, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२..
बिहिबार, भदौ १८, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३



